प्राकृतिक वासस्थान

106 words

to read

रसुवाको दुर्गम गाउँबाट एक साथीले भोटे कुकुरको छाउरो काठमाडौं ल्याएका थिए। राम्रो हेरचाह हुँदाहुँदै पनि त्यो दुई महिना बाँच्न सकेन।

यो हृदयविदारक घटनाले एउटा कुरा सम्झना गराउँछ – कुनै प्रजाति जतिसुकै रिजिलियन्ट किन नहोस्, प्राकृतिक संसारको प्रत्येक सदस्यको आफ्नै कडा जैविक सीमा हुन्छ। मानिसहरू प्रविधिको सहाराले वातावरणसँग छिट्टै जुध्न सक्छ तर जनावरहरू पुस्तौँदेखि विकसित भएका जैविक गुणहरूमा निर्भर हुन्छन्। उनीहरूको लागि मौसम, वासस्थान र सामाजिक सम्बन्धहरू सजिलै बदल्न सकिने कुरा होइनन्।

त्यसैले नेपालले हालै कतारलाई हात्तीका बच्चा उपहार दिएको खबरले अलि असहज बनाएको छ। उक्त देश सुविधासम्पन्न भए पनि फरक वातावरणमा स्थानान्तरण सधैँ जैविक जोखिम नै हुन्छ।

केही कुरा राम्रो नियतभन्दा गहिरा हुन्छन्। प्रकृतिले आफ्नै नियम मान्छ।

– क्याटगोरी:

– मिति: