अन्तर्राष्ट्रिय समाचारमा बेलायतका प्रधानमन्त्रीले चीन भ्रमणका बखत साधारण (burner) फोन प्रयोग गरेछन् भन्ने खबर आयो। अझ रोचक कुरा त यो अहिले अन्तर्राष्ट्रिय कूटनीतिमा सामान्यजस्तै मानिन्छ।
के हाम्रो फोन यति सजिलै ह्याक हुन्छ त? सजिलो त होइन तर सम्भावना धेरै छ।
- विश्व नेताका लागि – असीमित स्रोत/साधन भएका व्यक्ति/संस्थाको निम्ति जतिसुकै सुरक्षित फोन ह्याक गर्न असम्भव हुन्न।
- साधारण मानिसका लागि – धेरैजसो मानिस त्यति ‘महत्वपूर्ण’ छैनन् कि यति मेहनत गरियोस्।
फोन भनेको अब फोन मात्रै कहाँ हो र। हामी कहाँ जान्छौं, के खोज्छौं, कससँग कुरा गर्छौं, सबै बोकेर हिँड्ने खालको व्यक्तिगत डायरी जस्तै हो।
तर हामी अधिकांशको समस्या फोनमा जासुसी होइन, फोनलाई माध्यम बनाएर गरिने ठगी हो। नक्कली लिंक, कमजोर पासवर्ड, डेटा लिक वा आफैंले धेरै कुरा शेयर गर्नु।
कहिलेकाहीँ हामीले आफैं आफ्नो जीवन यति खुला राखिदिन्छौं कि कसैलाई जासुसी नै गर्न पर्दैन।
